राज्यले बिर्सिएको नाथु र प्रल्हादलाई सम्झिदै गुरुङ समुदाय
पाेखरा | बैशाख ४, २०८०
पोखरा: राज्यले बिर्सिएको सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङलाई गुरुङ समुदायले सम्झिएको छ ।
सुब्बा नाथ प्रल्हाद प्रतिष्ठान कास्कीले नेपाल र अंग्रजबीचको राजगढको युद्धमा दुईसय वर्ष अगाडि वीरगति प्राप्त गरेका कास्कीका सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै स्मृति दिवस मनाउने भएको हो ।
प्रतिष्ठानले पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाल र अंग्रेजबीचको युद्धमा विरगति प्राप्त गरेका भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेकाले सँगै लडेका सुब्बा नाथु प्रल्हादलाईसमेत राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको प्रतिष्ठानका अध्यक्ष धर्मध्वज गुरुङले बताए ।
‘तत्कालिन समयमा नेपाल एकीकरणमा सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङले नेपाली सेनामा भर्ती भएर एकीकरणमा योगदान पु¥याएपनि राज्यले उचित सम्मान दिन सकेन, गुरुङले भने, ‘सँगै युद्धमा लडेका भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने तर नाथु प्रल्हादलाई किन नगर्ने रु’ उनले प्रश्न गरे ।
उनका अनुसार सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङको १२ औं पुस्ता कास्कीको माछापुच्छ«े गाउँपालिका ५ रिभानमा स्थायी बसोवास गर्दै आएका छन् ।
अंग्रेजसँगको लडाइमा वि।स १८८७ सालमा सुब्बा प्रल्हाद गुरुङले युद्धमा नै वीरगति प्राप्त गरे, भने युद्ध अन्त भएपछि गाउँ फर्केका सुब्बा नाथु गुरुङको वि।स १८७९ पुस २९ गते मृत्यु भएको बताइएको छ ।
सुब्बा नाथु प्रल्हाद प्रतिष्ठान कास्कीले आगामी बैशाख ६ गते प्रा।डा जगमान गुरुङको प्रमुख आतिथ्यतामा माछापुच्छ«े गाउँपालिका २ मै स्मृति दिवस मनाउने प्रतिष्ठानले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

